भृकुटीमण्डपमा ह्वील चियर गोदाममा लागेको आगो नियन्त्रणमा (फोटोफिचर)

डिसी नेपाल
२९ असार २०७९ १९:११
320
Shares

काठमाडौं। काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाएका छन् ।

सुरक्षाकर्मी, स्थानीय तहका दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेनाका चण्डीदल गणबाट खटिएको फायर फाईटीङ्ग टोली, श्री नं. १ विपद् व्यवस्थापन गणबाट दमकल सहितको जनशक्ति तथा सैनिक परिवहन गणबाट दमकल र पानी ट्याङ्कर सहितको जनशक्ति तत्काल परिचालन भएका थिए ।

काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थलमा पुगेका थिए । आगलागीको कारण क्षती भने खुलिसकेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *