कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते
काठमाडौं। काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। घाइते भएका रामेछापको बिजुलीकोट घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो।
टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment