खल्तीले फेरि ल्यायो रु. १ मा उडान टिकट र आईफोन १३ जित्ने मौका

डिसी नेपाल
८ साउन २०७९ ११:२५
108
Shares

काठमाडौँ। खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्। यस अफर अन्तर्गत फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आईफोन १३’ जित्ने मौका समेत रहेको छ।

यति मात्र नभई खल्तिबाट पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० भएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘FLYWITHKHALTI’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १० प्रतिशत क्यासब्याक (रू.५०० सम्म) पाउनेछन्।

यो अफर श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको छ।

अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,“हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”

खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मद्धे १ भाग्यशाली विजेताले स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ । करिब ६ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन दिई आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *