भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

डिसी नेपाल
८ साउन २०७९ १५:५८

भक्तपुर।प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *