विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

डिसी नेपाल
८ साउन २०७९ १८:१४

काठमाडौं । ललितपुर, नवलपरासी (पूर्व), महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको औरही नगरपालिका–७ भोईलस्थित सडकमा रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब ४३ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सारको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *