प्रधानमन्त्री बन्ने प्रचण्डको सुत्र के हो?

डिसी नेपाल
९ साउन २०७९ १०:१८

काठमाडौं। संसदका तोस्रो शक्तिमा रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा आफू फेरि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरे। असार १० गते एक सार्वजनिक कार्यक्रममा प्रचण्डले फेरि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरे पनि त्यसको आधार भने बताएनन्।

प्रतिनिधिसभा र प्रदेश निर्वाचन हुन अब चार महिना मात्रै बाँकी छ। मंसिरको पहिलो साता निर्वाचन गराउने तयारी गरेकाे सरकारले  साउनको तेस्रो हप्ता निर्वाचनको मिति तोक्ने बताइएको छ।

आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राख्ने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँडका विषयमा सहमति हुन बाँकी छ। यद्यपी सरकारकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले १६५ मध्ये ९० सिट आफूसँग राख्ने र बाँकी ७५ सिट गठबन्धनमा आवद्ध दलका लागि छोड्ने निर्णय गरिसकेको छ।

गत स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार पनि माओवादी आगामी निर्वाचनको तेस्रो हैसियतमा नै रहने हो। सरकार गठनका लागि निर्णय शक्ति हुन सक्ने माओवादीले निर्वाचनपछि सरकारको नेतृत्व नै पाइहाल्ने अवस्था देखिँदैन। यस्तो अवस्थामा प्रचण्ड कसरी प्रधानमन्त्री बन्न सक्छन्।

असार अन्तिम साता भारत पुगेका प्रचण्डले भारतबाट फर्केपछि निर्वाचनपछि आफू आलोपालो प्रधानमन्त्री बन्ने संकेत गरेका थिए। उनले आलोपालो प्रधानमन्त्री बारे एउटा विन्दुमा छलफल हुने बताएका थिए।

माओवादीले आठ सिट मात्रै जित्ने गृहमन्त्रीको प्रक्षेपण्

प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने बताइरहँदा  गृहमन्त्री बालकृष्ण खाण आगामी निर्वाचनमा सबै दल एक्ला एक्लै चुनाव लड्ने हो भने माओवादीले मात्र आठ सिट जित्ने बताएका छन्। सुरक्षा निकायले तयार पारेको प्रतिवेदनका आधारमा गृहमन्त्री  खाणले कांग्रेस केन्द्रीय समिति बैठकमा माओवादीले जम्मा आठ सिट जित्ने बताएका थिए।

जनताको मतले प्रधानमन्त्री नहुने देखिए पछि भारतीय एजेन्सी (रअ) सँगको सहमति, सहकार्यले प्रधामन्त्री बनिन्छ भन्ने आशा छ प्रचण्डलाई? त्यो आशा छ भने त्यो पनि उनका लागि प्रत्युत्पादक हुन सक्छ।

यसरी हेर्दा प्रधानमन्त्रीको दावी गर्ने प्रचण्डको पार्टीलाई राष्ट्रिय पार्टी बन्ने मुश्किल पर्ने देखिन्छ। तर प्रचण्डले विदेशी भूमिबाट फर्केपछि आफू प्रधानमन्त्री बन्ने विन्दुमा छलफल हुने बताएका छन्। तर यस्तो अवस्थामा प्रचण्ड प्रधानमन्त्री बन्ने सुत्रले काम नगर्न सक्छ।

कांग्रेससँग चुनावी तालमेल

पाँच दलीय गठबन्धनले चुनाव सम्मै गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ। यस्ता अवस्थामा कांग्रेस र गठबन्धनमा आवद्ध अन्य दलबीच ६०-४० भागवण्डा भयो भने पनि प्रचण्ड प्रधानमन्त्री बन्ने आधार देखिँदैन। किनभने कांग्रेसले ९० सिट आफूसँग राख्ने र बाँकी ७५ सिट गठबन्धनमा आबद्ध दलका लागि छोड्ने निर्णय गरिसकेको छ।

माओवादीको भागमा परेका सबै सिट पनि माओवादीले जित्ने निश्चित छैन। यस्तो अवस्था माओवादी तेस्रो शक्तिमा सीमित हुनसक्छ। तेस्रो शक्तिमा सीमित भएको दलको नेतालाई कांग्रेस प्रधानमन्त्री स्वीकार्न तयार हुन्छ?

चुनावपछि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवालाई प्रधानमन्त्री बनाउन चाहन्छन्। दुई जना युवा महामन्त्रीको अभिव्यक्ति चुनावपछि गगन थापा प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छ।

उता ४० प्रतिशत मत ल्याएर नेता बनेका डा. शेखर कोइरालाले आफू प्रधानमन्त्री बन्न प्रयास गर्दैनन् भन्न सकिँदैन। यसरी कांग्रेसभित्रै प्रधानमन्त्रीका आकांक्षी बढ्दा प्रचण्ड प्रधानमन्त्री बन्ने सुत्रले काम नगर्न सक्छ।

बाम गठबन्धन

प्रचण्ड भारत भ्रमणबाट फर्केपछि अहिले फेरि बाम गठबन्धनका पक्षमा कसरत भइरहेका छन्। बाम गठबन्धनको धम्की दिएर प्रचण्डले कांग्रेसलाई तर्साउँदै बढी सिट हात पर्ने रणनीति लिएका छन्।

किनभने एमालेसँग गठबन्धनको संभावना छैन। एमालेको परिभाषामा प्रचण्ड बाम होइनन्। एमालेले प्रचण्डलाई बाम शक्ति मानेको छैन। एमालेको परिभाषा अनुसार आफ्नो नेतृत्वको बामगठबन्धनको सरकार ढालेर प्रतिक्रियावादी कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम हुन सक्दैन।

एमालेले बामपन्थी नै नमानेको अवस्थामा त्यस्तो पार्टी नेताको हसियतले प्रचण्ड प्रधानमन्त्री बन्ने संभावना छैन।

एमाले बाहेकका साना बामपन्थी दलको एकता

अहिले सभावादी केन्द्र निर्माणको नाममा केही सना बामदलसँग एकता गरेर शक्ति आर्जन गर्ने दिशामा प्रचण्ड लागेका छन्। गृहमन्त्री खाणको भनाइलाई आधार मान्दा एक्लै चुनाव लड्का माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जम्मा एक सिट जित्छ।

स्थानीय चुनावको नतिजाबाट शक्ति कमजोर भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संघीय चुनावमा २०–२५ सिटको मात्रै दाबी गर्न थालेका छन्। यसरी हेर्दा माधव नेपालको दलले राम्रो चुनावी नतिजा ल्याउँदैन भन्ने देखिन्छ।

समाजवादी केन्द्र बनाउन पहल गरेका अर्का नेता हुन् बामदेव गौतम, जो बाम गठबन्धन गरेर चुनावमा जाँदासमेत पराजित भएका नेता हुन्। केही दिन अगाडि परिवारका सदस्य राखेर नयाँ पार्टी घोषणा गरेका गौतमसँग जनमत छैन।

जसपाले कारवाही गरेछि नयाँ दल गठनको तयारीमा रहेका बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितलाई समावेश गरेर बामपन्थी दलको एकता गर्न तयार भएका प्रचण्डलाई उक्त एकताले चुनावमा खासै शक्ति आर्जन हुने अवस्था देखिँदैन। यो सुत्रले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने देखिँदैन।

त्यसो भए अब प्रधनमन्त्री हुने सुत्र के हो प्रचण्ड खोल्नुपर्छ। जनताको मतले प्रधानमन्त्री नहुने देखिए पछि भारतीय एजेन्सी (रअ) सँगको सहमति, सहकार्यले प्रधामन्त्री बनिन्छ भन्ने आशा छ प्रचण्डलाई? त्यो आशा छ भने त्यो पनि उनका लागि प्रत्युत्पादक हुन सक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *