हृदयघातबाट बच्ने उपाय

डिसी नेपाल
११ साउन २०७९ १२:००

काठमाडौं । यदि हामी आफ्नो स्वास्थ्य सधैं राम्रो रहोस् भन्ने चाहन्छौं भने मुटु स्वस्थ राख्नु अति आवश्यक हुन्छ । तर आजको व्यस्त जीवनशैली र अस्वस्थ खानपानका कारण हामीले मुटुको राम्रोसँग हेरचाह गर्न सक्दैनौं। जसले गर्दा समस्या निम्त्याउँछ।

विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघातरोकथाम गर्न सकिन्छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।

कोरोनरी मुटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो । यो रोग विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। यदि हृदयघातबाट टाढा नै रहन चहाने हो भने, केहि खराब बानीहरू आज छोड्नुपर्छ।

मुटुरोगका प्रमुख लक्षणहरू:
छातीको बीच भागमा पीडा हुनु ।
परिश्रम गर्दा दम बढ्नु ।
खुट्टाहरू सुन्निनु ।
मुटु बेतालले धड्किनु ।
चक्कर लाग्नु ।
धाँटीको रक्तनली फुल्नु वा चल्नु ।
बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु ।
जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु ।

यी मानिसहरूलाई हृदयघातको खतरा:

मोटोपना वा पेटको बोसोले समस्यामा परेका मानिसहरू सधैं जोखिममा हुन्छन्। यदि तपाईको परिवारको कुनै सदस्यलाई यो रोग लागेको छ भने तपाई पनि खतरामा पर्न सक्नुहुन्छ।

उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई हृदयघात हुन सक्छ। पर्याप्त निद्रा नपुगेका मानिसलाई मुटुसम्बन्धी रोग लाग्न सक्छ । समयमै खाना नखानु र खाना खाने समय परिवर्तन भइरहदा पनि खतरनाक हुन्छ । डाक्टरको सल्लाह बिना औषधि सेवन गर्ने मानिसहरुहरुलाई पनि हृदयघात हुन सक्छ। जसको मुटुको धड्कन असामान्य हुन्छ ।

हृदयघातबाट बच्ने उपाय– यदि तपाई कहिल्यै हृदयाघात नहोस् भन्ने चाहनुहुन्छ भने तपाईलाई सबैभन्दा पहिले आफ्नो खाने बानी परिवर्तन गर्नुहोस् । ताजा फलफूल र तरकारी खानुहोस् जसमा फाइबर प्रशस्त हुन्छ।

बाहिरको तेलयुक्त खाना नखानुहोस् किनभने फास्ट फूड र जंक फूडको सेवनले नसाहरूमा खराब कोलेस्ट्रोल जम्मा हुन्छ। जुन मुटुको स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ।

आफ्नो दैनिक जीवनमा कसरत गर्ने बानी बसाल्नुहोस्, शारीरिक क्रियाकलाप जति राम्रो हुन्छ, मुटु त्यति नै स्वस्थ हुन्छ।

नियमित तौल जाँच गरिरहनुहोस् र तौल नियन्त्रणका लागि सबै उपाय अपनाउनुहोस्, पेटको बोसो बढ्नु मुटुका लागि राम्रो होइन भन्ने कुरा याद गर्नुहोस्।

चुरोट, मदिरा र कुनै पनि किसिमको धुम्रपान त्यागौं, यसले स्वास्थ्यलाई बिगार्ने काम गर्छ।

धेरै नुनिलो अर्थात् सोडियम युक्त खानेकुरा नखानुहोस्, यसले रक्तचाप बढाउँछ र मुटुसम्बन्धी रोग निम्त्याउँछ ।

मुटुका केही रोगहरू जस्तै, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *