के हो हेपाटाइटिस ? यस्ता छन् लक्षणहरु

डिसी नेपाल
१३ साउन २०७९ ९:०३

काठमाडौं । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो। यस रोगले मानिसको कलेजोमा असर गर्दछ। अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्दछ। यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ ।

यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

हेपाटाइटिस को प्रकार- हेपाटाइटिस भाइरस पाँच प्रकारका हुन्छन्। हेपाटाइटिस ए, बी, सी, डी, ई । सबै पाँच प्रकारका हेपाटाइटिस खतरनाक छन्। विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार हरेक वर्ष करिब १४ लाख मानिस हेपाटाइटिस ए बाट प्रभावित हुन्छन् ।

हेपाटाइटिस को कारण

–भाइरस संक्रमणबाट लाग्ने यो रोग धेरै कारणले हुन सक्छ। दूषित खानेकुरा र दूषित पानीको सेवनले हेपाटाइटिस ‘ए’ हुन सक्छ ।

–हेपाटाइटिस बी संक्रमित रगत र वीर्य र अन्य तरल पदार्थको सम्पर्कबाट पनि हुन सक्छ।

–रगत र संक्रमित सुईको प्रयोगले हेपाटाइटिस सी हुन सक्छ।

–हेपाटाइटिस डी HDV भाइरसको कारण हुन सक्छ। पहिले नै HBV भाइरसबाट संक्रमित व्यक्तिहरू पनि यो भाइरसबाट संक्रमित हुन सक्छन्। तर, HDV र HBV भाइरस एउटै बिरामीमा सँगै देखा पर्दा अवस्था गम्भीर हुन्छ।

–हेपाटाइटिस ई HEV भाइरसको कारणले हुन्छ। धेरैजसो देशमा हेपाटाइटिसको यो भाइरस दूषित पानी र खानाका कारण फैलिएको छ ।

–यस बाहेक धेरै औषधि सेवन गर्दा कलेजोको कोशिकामा सुन्निने हुन्छ र हेपाटाइटिसको जोखिम बढ्छ ।

–अत्यधिक मदिरा सेवनले हेपाटाइटिसको जोखिम बढाउँछ। मदिराले हाम्रो कलेजोमा सीधै असर गर्छ र शरीरको अन्य भागमा पनि यसको रक्तसंचार सुरु हुन्छ, जुन खतरा हुन सक्छ।

हेपाटाइटिसका लक्षणहरु:

–सधैं थकान महसुस हुन्छ ।

–छाला पहेंलो हुनु।

–आँखाको सेतो भाग पहेँलो हुनु ।

–भोक नलाग्नु ।

–उल्टी वा वाकवाकी लाग्नु ।

– पेट दुख्ने र फुल्ने ।

–टाउको दुखाइ र चक्कर लाग्नु ।

– पिसाबको रंग परिवर्तन हुन ।

–अचानक वजन घट्दै जानु ।

–जन्डिस वा ज्वरो धेरै हप्तासम्म रहिरहनु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *