सङ्गीतकार केशव र संचारकर्मी दाहाल सम्मानित

डिसी नेपाल
१९ साउन २०७९ २०:१२

काठमाडौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा संगीतकार केशव दाहाल र डिसी नेपालका अमेरिकास्थित स्पेसल रिपोर्टर अर्जुन दाहाल सम्मानित भएका छन् ।

राजधानी काठमाडौंमा साउन १४ गते आयोजित एक विशेष समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई सम्मान गरेका हुन् । आफन्तमार्फत उनीहरुले सो सम्मान ग्रहण गरेका छन् । साहित्य सरोवर मिडियाका तर्फबाट गरिएको सो सम्मानमा संगीतकार दाहाललाई नेपाली गीत संगीतलाई प्रवासमा बसेर पनि अतुलनीय योगदान गरेको उल्लेख गरिएको छ भने संचारकर्मी अर्जुन दाहाललाई प्रवासमा बसेर नेपाली संचारकर्ममा अनवरत सेवारत रहेकोमा सम्मान गरिएको छ ।

उनी नेपाल र प्रवासका नेपालीलाई जोड्ने अभिप्रायका साथ संचालित डिसी नेपालको द ब्रिज टक शो कार्यक्रमका प्रस्तोता हुन् । त्यसैगरी अमेरिकाका नेपाली समुदायका विविध विषय समेटेर गरिने कार्यक्रम हाम्रो लेन्स र जस्ताको तस्तैजस्ता चर्चित टक शोहरु पनि उनी नियमितरुपमा चलाउने गर्दछन् । यसवाहेक समाजसेवा र नुन चिनी पानी अमेरिकामार्फत साहित्य सेवामा समेत दाहाल सक्रिय छन् ।

प्रबासमा रहेर नेपाली कला गित सङ्गीत साहित्यलाई माया गर्न त सकिएला तर योगदान गर्न भने सजिलो छैन । सृजना गर्न बाताबरण र माहोल पनि हुनुपर्छ जुन विदेशमा प्रतिकूल रहन्छ । आफ्नो व्यस्त दैनिकीलाई ब्यब्स्थापन गर्दै केशव दाहाल गीत संगीतमा सकृय देखिन्छन । नेपालमा रहँदा संगीतको अध्यायन गरेका केशबले प्रबासमा पनि त्यो रस सुक्न दिएका छैनन । उनका थुप्रै गीतहरु बिभिन्न समयमा कहिले गायक त कहिले, गितकार, भने कहिले सङ्गीतकारको रुपमा बजारमा आउने गरेका छन ।

पछिल्लो समय उनले संगीत गरेको र राजेश पायल राइले गाएको “फर्कन छोरा स्वदेशमा“ भन्ने गीतले बिशेष् अवार्ड पाएको छ । अन्य बिबिध बिधाका ब्यक्तिहरु पनि सो कार्यक्रमा सम्मानित एवं पुरस्कृत भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *