गठबन्धनको मोडालिटी र सिट बाँडफाँडमा पाँच दलीय गठबन्धन केन्द्रित

डिसी नेपाल
२० साउन २०७९ ७:५७

काठमाडौं। सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनमा होमिएको छ। सबै दलले निर्वाचनका मिति घोषणालाई स्वागत गरेका छन् र उनीहरु निर्वाचनको तयारीमा जुटेका छन्। निर्वाचन आयोगले आफ्नो अजृन दृष्टि मंसिर ४ गतेको निर्वाचनमा रहेको जनाएको छ र एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको उल्लेख गरेको छ।

उता निर्वाचनको मिति घोषणा भएपछि सत्ता गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडमा केन्द्रित भएका छन्। स्थानीय तह निर्वाचनको तालमेल गरेर चुनाव लडेका पाँच दलले आगामी निर्वाचनमा पनि तालमेल गरेर जाने निर्णय गरिसकेका छन्। तर सिट बाँडफाँडका विषयमा सहमति हुन बाँकी छ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा अधिकतम सिट आफूसँग राख्दै तालमेल गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले प्रत्यक्षतर्फ ९० सिट आफूले राखने र बाँकी ७५ सिट अन्य सहयोगी घटकलाई छोड्ने निर्णय गरेको छ। तर कांग्रेसको यो निर्णयप्रति गठबन्धनमा सहभागी अन्य सशंकित देखिएका छन्।

सोही विषयमा छलफल गर्न आज पाँच दलीय गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी गठबन्धनको मोलाडिली र सिट बाँडफाँडका विषयमा छलफल हुने एक नेताले बताए।

पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्र कांग्रेससँग बार्गेनिङ गर्दै धेरै सिट हात पार्ने दाउमा छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन अघि एक कार्यक्रममा कांग्रेस पहिलो दल बन्ने अवस्थामा माओवादीलाई दोस्रो बनाउनु पर्ने अभिव्यक्ति दिएर बढी सिट हात पर्ने दाउमो रहेको संकेत गरेका थिए।

उता एकीकृत समाजवादीले आफूहरुको शक्तिलाई कमजोर ठानेर कम मूल्यांकन गरेको भन्दै कांग्रेसप्रति सार्वजनिक असन्तुष्टि जनाएको छ। सम्मानित नेता झलनाथ खनालले पछिल्लो समय कांग्रेससँग भन्दा एमालेसँग मिल्नु पर्ने दबाव पार्टीभित्र दिन थालेका छन्।

सबै दलको असन्तुष्टिकाबीच आज बस्ने सत्ता गठबन्धनको बैठकले गठबन्धनको मोडालिटी र सिट बाँडफाँडलगायतका विषयमा छलफल गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *