मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता

डिसी नेपाल
२० साउन २०७९ १०:४७

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय भएको छ।

शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ।

बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *