अमेरिकामा भेला भए नेपाली चलचित्रका निर्देशक, निर्माता र कलाकार

डिसी नेपाल
२१ साउन २०७९ ८:४१

अमेरिका। अमेरिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

जहाँ अमेरिकाको विभिन्न राज्यहरुमा छरिएर रहेका झण्डै ५ दर्जन नेपाली चलचित्रकर्मीहरुको चलचित्रकर्मी, संगीतकर्मी, कलाकारको जमघट भएको थियो। पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकाश र बिस्तारमा कसरी सहयोग पुर्‍याउने भन्ने बारे छलफल गरिएको थियो।

सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्याम्शायर राज्यको क्लेरमन्ट शहरमा सम्पन्न भएको थियो। अमेरिकामा रहेता पनि लामो समय देखि भौतिक रुपमा भेटघाट हुननसकेको अवस्थालाई मध्य नजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाईएको केन्टकीको लेक्जिन्टनबाट कार्यक्रममा सहभागी हुन पुगेका चलचित्र निर्देशक सुमन दाहाले बताए। सो भेटघाटमा आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक उनले बताए।

भेटघाट कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा ,दिनेश कार्की ,कृष्ण चापागाई ,गोपाल चन्द्र लामिछाने ,अनिल संगौला,सुमन दाहाल, शिवहरी पौडेल ,मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो।

त्यसैगरी अभिनेता अमभिनेत्रीहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापा, अरूणा कार्की, सम्झना खडका आयुशा श्रेष्ठ वन्त पनि कार्यक्रम उपस्थित थिए।

भेटघाट कार्यक्रममा कलाकारहरुमा गोपाल अधिकारी ,निर्मातामा धु्रुव वन्त , पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो। यसैगरी गायिका पविता परियार , गायक तिलक श्रेष्ठ ,कलाकार रंजन बुढाथोकी ,गीतकार अग्नि शर्मा ,नृत्य निर्देशक देवी थापा ,निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए। न्यूह्याम्शायर राज्यमा बस्दै आएका चलचित्र निर्देशक अनिल संग्रौलाले आयोजना गरेका थिए । यस प्रकारका कार्यक्रम हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *