पहिलो खेलमै युनाइटेड ब्राइटनसँग स्तब्ध

डिसी नेपाल
२३ साउन २०७९ ७:३९
56
Shares

काठमाडौं। ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ। आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो।

युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए। पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्‍याे। ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।

युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *