अघिल्लो निर्वाचनमा ६ उप्रधानमन्त्री सहित १७ मन्त्री कहाँबाट पराजित भएका थिए ?

सम्भव सिंह ठकुरी
३१ साउन २०७९ १४:००

काठमाडौं। सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेसँगै नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावको तयारीमा लागिसकेका छन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका अधिकांक्ष ‘हेभिवेट’नेताहरु पराजित भएका थिए। पार्टीका बरिष्ठ नेता राचन्द्र पौडेल पौडेलदेखि तत्कालीन पार्टी उपसभापति बिमलेन्द्र निधि पनि पराजित भएका थिए। पौडेल सभामुख र उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। निधि पनि उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका व्यक्ति हुन्।

यसरी सो निर्वाचनमा देशका ४ पूर्वउप्रधानमन्त्री २ वहालवाला उपप्रधानमन्त्री सहित र ११ वहालवाल मन्त्रीहरु पराजित भएका थिए। तत्कालीन निर्वाचनमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले बामगठबन्धन गरेको भए पनि २ पूर्वउपप्रधानमन्त्री बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। गौतम एमाले र श्रेष्ठ माओवादी केन्द्रबाट उम्मेदवारी भएका थिए।

त्यस्तै तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पनि मकवानपुरबाट पराजित भएका थिए। उनी पराजित हुँदा वहालवाल उपप्रधानमन्त्री तथा उर्जा मन्त्री थिए।

को कहाँबाट पराजित भएका थिए ?

कमल थापा

थापा निर्वाचनमा पराजित हुँदा राप्रपाको अध्यक्षको जिम्मेवारी मै थिए। त्यतिमात्र नभएर उनी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा उपप्रधानमन्त्री तथा र उर्जामन्त्रीको जिम्मेवारीमा थिए।

उनी मकवानपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए। थापाले ३४,६,५८ मत प्राप्त गर्दा दाहालले ४०,६,३१ मत ल्याएर चुनाव जितेका थिए।

गोपालमान श्रेष्ठ

गोपालमान कांग्रेसका प्रभावशाली नेता हुन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका विश्वास पात्रका रुपमा परिचित श्रेष्ठ पटक÷पटक सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकेको अनुभव छ।

तर उनी २०७४ सालको निर्वाचनमा एमालेकी पद्मा अर्यालसँग पराजित भए। श्रेष्ठ पराजित हुँदै गर्दा वहालवाला उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रीको जिम्मेवारीमा थिए। स्याङ्जा क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका श्रेष्ठले ३१,४,३६ मत ल्याउँदा पद्मा अर्यालले ३५,१,४२ मत ल्याएर विजेता भएकी थिइन्।

रामचन्द्र पौडेल

पौडेल नेपाली कांग्रेसका बरिष्ठ नेता हुन्। उनी कांग्रेसका कार्यवहाक सभापति, सभामुख, उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकका छन्। तर उनी पार्टीको सभापति र प्रधानमन्त्री बन्न भने सकेका छैनन्।

बहुदलयताको सबै संसदीय निर्वाचन जितेका पौडेल २०७४ सालको निर्वाचनमा भने पराजित भए। तनहुँ १ बाट उम्मेदवार भएका पौडेल तत्कालीन बामगठबन्धन तथा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए।

श्रेष्ठ हाल माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) मा छन्। तनहुँ १ मा रामचन्द्र पौडेल २७,६,९० मत प्राप्त गर्दा कृष्णकमार श्रेष्ठले ३४,४,९२ मत प्राप्त गरेका थिए।

बिमलेन्द्र निधि

कांग्रेसका प्रभावशाली नेता हुन् बिमलेन्द्र निधि। नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष हुँदै पार्टीको उपसभापतिसम्म भइसकेका निधि २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) का उम्मेदवार राजेन्द्र महतोसँग पराजित भएका थिए।

निधि पराजित हँुदा पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए। त्यस्तै उनी पूर्वपप्रधान तथा गृहमन्त्री पनि हुन्। धनुषा ३ बाट उम्मेदवारी भएका निधिले २७,८,४६ मत प्राप्त गर्दा र महतोले ३०,७,५० मत प्राप्त गरि चुनाव जितेका थिए।

नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रको बरिष्ठ उपाध्यक्ष श्रेष्ठ गोरखा २ बाट पराजित भएका थिए। श्रेष्ठ पूर्वप्रधानमन्त्री तथा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा.बावुराम भट्टराईसँग पराजित भएका थिए।

श्रेष्ठ बामगठबन्धन र भट्राई कांग्रेसको समर्थनमा उम्मेदवारी भएका थिए। श्रेष्ठले २४,९,३३ मत प्राप्त गर्दा भट्टराईले ३१,८,०७ मत प्राप्त गरेका थिए। श्रेष्ठ नेपाल सरकारका पूर्वउप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री भइसकेका व्यक्ति हुन्।

बामदेव गौतम

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम चुनावमा पराजित हुँदा एमालेका उपाध्यक्ष थिए। नेपाल सरकारको पटक÷पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका गौतम बामगठबन्धन हुँदा पनि पराजित भएका थिए।

उनी कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका थिए। बर्दिया १ बाट चुनावी मैदानमा होमीएका बामदेव गौतमले ४४,०७६, मत प्राप्त गर्दा संजय गौतम ४४,८,२९ मत प्राप्त गरेका थिए।

पराजित भएका तत्कालिन मन्त्रीहरुः
सुनिलबहादुर थापा

धनकुटा १ बाट उम्मेदवारी भएका सुनिलबहादुर थापा तत्कालीन उद्योग तथा वाणीज्य मन्त्रीको जिम्मेवारीमा थिए। राप्रपाबाट उम्मेदवारी भएका थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

थापा कांग्रेसको समर्थमा उम्मेदवारी भएका थिए। तर उनी एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए। थापाले २६,८,७४ मत प्राप्त गर्दा राईले ३७,३,३३ मत प्राप्त गरि निर्वाचित भएका थिए।

थापाले निर्वाचन लगत्तै कांग्रेस प्रवेश गरे। त्यसपछि कांग्रेसको १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

फर्मुल्ला मन्सुर

कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुर २०७४ सालको निर्वाचनमा पराजित हुँदा सहमहामन्त्री बनेका थिएनन्। तर उनी श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा थिए।

बारा ३ बाट उम्मेदवार भएका मन्सुरको चुनावी परिणाम तेस्रो स्थानमा आएको थियो। तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी बनेका रामबावुकुमार यादवले २१,३,३६ मत प्राप्त गरि निर्वाचित हुँदा मन्सुरले १६,०८६ मत प्राप्त गरेका थिए। दोस्रो मत एमालका अदयानन्द पौडेल १६,३,६२ मत प्रापत गरेका थिए।

ब्रिक्रमबहादुर थापा

काठमाडौं ६ बाट राप्रपाका उम्मेदवार बिक्रमबहाुदुर थापा कांग्रेसको समर्थनमा उम्मेदवारी बनेका थिए। तर उनी एमालेका उम्मेदवार रामवीर मानन्धरसँग पराजित भए। उनी पराजित हँुँदा महिला वालवालिका तथा सामाजिक कल्याण मन्त्रालयको जिम्मेवारीमा थिए। थापाले १०,०७९ मत प्राप्त गर्दा एमालेका मानन्धरले १८,१,०२ मत प्राप्त गरि निर्वाचित भएका थिए।

दीपक बोहरा

राप्रपाका बरिष्ठ नेता दीपक बोहरा निर्वाचनमा पराजित हुँदा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए। रुपन्देही ३ बाट उम्मेदवारी दिएका बोहरालाई कांग्रेसको साथ थियो।

यो क्षेत्र अहिलेका गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र पनि हो। सो निर्वाचनमा खाण समानुपातिकमा बसेर बोहरालाई समर्थन गरेका थिए। तर उनी एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए। भुसालले ३२,८,६६ मत प्राप्त गर्दा बोहराले २७,४,२२ मत प्रापत गरेका थिए।

वीरबहादुर बलायर

वलायर कांग्रेसको १४ औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको सभापतिमा निर्वाचित भएका छन्। तर उनी २०७४ को निर्वाचनमा सभापति बनेका थिएनन् यद्यपि उनी भौतिक निर्माण तथा यातायात मन्त्रीको जिम्मेवारीमा थिए।

डोटी १ बाट उम्मेदवार बनेका बलायर तत्कालिन बामगठबन्धन तथा एमालेका उम्मेदवार प्रेमबहादुर आलेसँग पराजित भएका थिए। तर आले अहिले एकीकृत समाजवादीमा छन्।

आलेले ३२,५,१०मत प्राप्त गरि निर्वाचित हुँदा बलायरले ३०,८,७८ मत प्रापत गरेका थिए।

गोपाल दहित

कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित बर्दिया २ बाट उम्मेदवार हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारीमा थिए। उनी बामगठबनधन तथा माओवादी केन्द्रका सन्तकुमार थारुसँग पराजित भएका थिए।

थारुले ५०,५,५५ मत प्राप्त गरि निर्वाचित हुँदा दहितले ३६,७,३५ मत प्रापत गरेका थिए। दहित कांग्रेसका पूर्वउसभापति विजयकुमार गच्छदार निकटका मानिन्छन्।

मोहनबहादुर बस्नेत

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रका नेता तथा सभामुख अग्निप्रसाद सापकोटासँग पराजित भएका हुन्।

बस्नेत निर्वाचनमा पराजित हुँदा सूचना तथा संचारमन्त्रीको जिम्मेवारीमा थिए। सापकोटाले ४०,५,०४ मत प्राप्त गरि निर्वाचित हुँदा बस्नेतले २९,७,९८ मत प्राप्त गरेका थिए।

तर २०७९ सालको निर्वाचनमा आइपुग्दा कांग्रेस र माओवादीसँगै सरकारमा र निर्वाचनमा पनि गठबन्धन गरेर जाने निर्णय भइसकेकाले यो अब गठबन्धनबाट यो क्षेत्रमा कस्ले टिकट पाउने भन्ने विषय पेचिलो बनेको छ।

रामकृष्ण यादव

कांग्रेस नेता रामकृष्ण यादव कृषि विकास मन्त्रीको जिम्मेवारीमा रहँदै धनुषा २ बाट तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार उमाशंकर अरगरियासँग पराजित भएका थिए।

अरगरियाले ३२,०४४ मत प्राप्त गरेका थिए। माओवादीका रामचन्द्र झाले १८,७,१५, र यादवले १५,४,४२ मत प्राप्त गरेका थिए। यादव कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा पनि उम्मेदवार भएका थिए। तर उनी महेन्द्र यादवसँग पराजित भएका थिए।

महेन्द्र यादव

यादव २०७४ सालको निर्वाचनमा एमालेका रघुवीर महासेठसँग पराजित भएका थिए। खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारीमा रहँदा धनुषा ४ बाट पराजित भएका हुन्। महासेठले २२,५,३२ मत प्राप्त गरि निर्वाचित हुँदा यादवले १९,९,९१ मत प्रापत गरेका थिए।

अघिल्लो वर्ष भएको एमालेको १० औँ महाधिवेशनबाट महासेठ सचिव र कांग्रेसको १४ औँ महाधिवेशनबाट यादव सहमहामन्त्रीको जिम्मेवारीमा छन्।

अम्बिका बस्नेत

कांग्रेस नेतृ बस्नेत काठमाडौं ३ बाट उम्मेदवारी दिँदा सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारीमा थिइन्। तर उनी एमालेका उम्मेदवार कृष्णबहादुर राईसँग पराजित भइन्। राईले १९,१,६९ मत प्राप्त गरि निर्वाचित हुँदा बस्नेतले १४,८,८४ मत प्राप्त गरेकी थिइन्।

बिक्रम पाण्डे

पाण्डे राप्रपाका बरिष्ठ उपाध्यक्ष हुन्। उनी चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए।
उनी पराजित हुँदा वन तथा भूसंरक्षण मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

प्रचण्डले ४८,२,७६मत प्राप्त गरि निर्वाचित हुँदा पाण्डेले ३८,९,३५ मत प्राप्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *