भारतमा कल गर्न नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’

डिसी नेपाल
२ भदौ २०७९ १९:१९
396
Shares

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ। बुधबारदेखि लागु भएको टेलिकमको इण्डिया भ्वाइस प्याक अन्तर्गत टेलिकमले दैनिक, साप्ताहिक र मासिक अफर ल्याएको छ।

इन्डिया भ्वाइस प्याक, डेली अफर अन्तर्गत एक दिनमा मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक ५९ रुपैयाँमा उपलब्ध हुने  छ। त्यसैगरी विक्ली अफर अन्तर्गत सात दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिनसम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँमा र ७५९ रुपैयाँमा उपलब्ध रहेको छ। एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा फोन गर्न सकिने टेलिकमले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *