बैतडी कारागारमा १६ जनामा कोरोना संक्रमण, ब्यवस्थापनमा कठिनाई

डिसी नेपाल
३ भदौ २०७९ १०:२१
56
Shares

बैतडी। उच्च ज्वरो र रुखाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परिक्षण गर्दा बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ।

कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण दोखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो।

बुधवार ४ जनाको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएपछि बिहिवार सबै कैदीबन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको जेलर धारा भण्डारीले जानकारी दिए। उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन, जसका कारण कोरोना संक्रमितलाई अलग्गै ब्यवस्थापन गर्न सकस भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *