इजरायलको प्रसिद्ध खुफिया एजेन्सी मोसादले पहिलो पटक एक महिलालाई निर्देशक बनायो

डिसी नेपाल
४ भदौ २०७९ १०:११
16
Shares

काठमाडौं । इजरायलको गुप्तचर एजेन्सी ‘मोसाद’को इरान डेस्कको निर्देशक र प्रमुखमा पहिलो पटक एक महिलालाई नियुक्त गरिएको छ ।

इजरायलको विदेश मन्त्रालयको डिजिटल कूटनीति टोलीको आधिकारिक ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो।

यस ट्वीटमा भनिएको छ, “आज मोसादले घोषणा गरेको छ कि ‘ए’ ले खुफिया प्राधिकरणको निर्देशकको पद ग्रहण गरेकी छिन्। मोसादको इतिहासमा यो पद सम्हाल्ने उनी पहिलो महिला हुन्।

उनको हैसियत इजरायली सेनाको खुफिया संगठनको प्रमुखको स्तरको हुनेछ।

सोही ट्वीटमा अर्की वरिष्ठ महिला एजेन्ट ‘के’ ले इरान डेस्कको प्रमुखको जिम्मेवारी सम्हालेको पनि बताइएको छ ।

यसरी हेर्दा यो विश्व प्रसिद्ध गुप्तचर संस्थामा अहिले जम्मा चारजना महिला नेतृत्वदायी भूमिकामा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *