सोमालियाको एक होटलमा चरमपन्थी संगठन अल-शबाबको आक्रमण, अहिलेसम्म ९ जनालाई गोली हानियो

डिसी नेपाल
४ भदौ २०७९ १०:१५
32
Shares

काठमाडौं । पूर्वी अफ्रिकी देश सोमालियाको अतिवादी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराए र गोली चलाउन थाले ।

अल-शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ। उनीहरुले ‘सबैलाई गोली हान्ने’ पनि भनेका छन् ।

मोगादिसुको एम्बुलेन्स सेवाका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने कि आक्रमणमा नौ जना घाइते भएका थिए जसलाई होटलबाट बाहिर निकालिएको थियो।

अप्रमाणित भिडियो र फोटोहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा शेयर भइरहेका छन्, जसमा होटलबाट धुवाँ र ठूलो विस्फोटको आवाज सुनिन सकिन्छ।

‘द हयात’ नाम दिइएको यो होटल मोगादिसुको लोकप्रिय गन्तव्य हो, जहाँ संघीय सरकारी कर्मचारीहरू प्राय: भेटिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *