१० भदौबाट सुरु हुँदै ‘जनताका साथमा कांग्रेस’

डिसी नेपाल
५ भदौ २०७९ ६:३४

काठमाडौं ।प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित चुनावी अभियान घोषणा गरेको छ ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गरेको छ । जसअनुसार पहिलो चरणको अभियान १० देखि २४ भदौसम्म सञ्चालन हुनेछ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पहिलो चरणपछि दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएर सञ्चालन हुनेछ भने तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गर्ने तयारी भएको छ ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने महतले जानकारी दिए । उनीहरूलाई कांग्रेसले आज आइतबार अभिमुखीकरण दिने कार्यक्रम तय गरिसकेको छ ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामका’bout जनतालाई जानकारी गराउने, निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गर्ने र सत्तारूढ गठबन्धन दलबीच तालमेलको औचित्य पुष्टि गरिने महतले बताए । अभियानमा यही चार उद्देश्यअघि सार्ने कांग्रेसले जनाएको छ ।

‘जनताका घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने, जनभावनाअनुरूपको रूपान्तरण र विकास परियोजना’bout जनतासँग विविध ढंगले अन्तक्र्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमो लिइएका अडान’bout जनतालाई सुसूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने, निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टीपंक्ति र जनतासमक्ष राख्ने’ अभियानको उद्देश्य रहेको प्रवक्ता महतले जानकारी दिए ।

अभियानमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाउन सक्ने छन् ।

केन्द्रीय प्रतिनिधिको सात जिम्मेवारी

कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि नै केन्द्रीय प्रतिनिधि खटिएको जिल्लामा पुग्ने बताएको छ । तोकिएको प्रतिनिधिले १५ दिनसम्म चल्ने अभियानमा कम्तीमा पाँच दिन तोकिएका जिल्लामा विविध कार्यक्रममा सहभागी हुनुपर्ने छ ।

त्यस्तै, जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसहित त्यस क्षेत्रभित्रका महाधिवेशन/महासमिति/प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमिति सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुखसहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्न जनाइएको छ ।

यसैगरी, गठबन्धनमा रहेका दलबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी थप सहज वातावरण बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नुपर्ने र निर्वाचन आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दललाई अपिल गर्ने कांग्रेसले बताएको छ ।

अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रूपले कार्यान्वयन गर्न/गराउन जिल्ला समिति एवं मातहतका समितिलाई सहजीकरण गर्ने काम केन्द्रीय प्रतिनिधिले गर्नुपर्ने छ ।

त्यस्तै, पार्टी स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोही–कसैबाट विगतमा भएको अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोही कसैबाट भइरहेकोे सूचना भए त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरणसमेत राख्नुपर्नेछ । अभियानमा सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाको दायिŒव र उनीहरूले गर्नुपर्ने काम’bout पनि स्पष्ट पारिएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *