सोमालियाकाे हाेटमा जिहादीको हमलामा १३ जनाको मृत्यु

डिसी नेपाल
५ भदौ २०७९ ८:५७
112
Shares

मोगादिसु। सोमालियाको राजधानी मोगादिसुको एक होटलमा भएको विद्रोही हमलामा मारिने व्यक्तिको संख्या १३ पुगेको पुगेको छ। उक्त होटलमा जिहादी विद्रोहीले गरेको एक घण्टा लामो आक्रमणमा मारिने व्यक्तिको संख्या १३ पुगेको सरकारका सुरक्षा कमाण्डरले जानकारी दिए।

‘हामीले थप पाँच जना मारिएको पुष्टि भएको जानकारी प्राप्त गर्दैछौं। योसँगै विद्रोहीसँगको हमलामा मारिनेको संख्या १३ पुगेको छ’, सुरक्षा कमान्डर मोहम्मद अब्दिकादिरले भने।

प्रहरी अधिकारी इब्राहिम दुआलेले पनि १० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि गरे। उनले शुक्रबार साँझ अल–शबाब लडाकुहरूले गरेको बन्दुक र बम आक्रमणको समयमा होटलमा रहेका अधिकांश सर्वसाधारणलाई उद्धार गरिएको बताए। विद्रोहीले होटललाई नियन्त्रणमा लिएर सर्वसाधारणलाई बन्धक बनाउन खोजेका थिए।

‘अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए’ गुप्तचर अधिकारी मोहम्मदले रोयटर्सलाई भने।

बन्दुकधारीहरूले भवनको दोस्रो तल्लामा अज्ञात संख्यामा बन्धकहरू राखेका र अधिकारीहरूलाई भारी हतियार प्रयोग गर्नबाट रोकिएको थियो। विद्रोहीले सुरक्षाकर्मीलाई अवरोध गर्न भवनका केही सिढीमा पनि बम विस्फोट गराएका उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *