चाईनिज पेस्तोलसहित दुई जना पक्राउ

डिसी नेपाल
६ भदौ २०७९ १०:५९

काठमाडौँ। मोरङ्गबाट प्रहरीले चाईनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ्ग जिल्ला सुनवर्षी नगरपालिका ८ खरेवारी बस्ने २८ वर्षिय आरिफ आलम र सोहि जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमाललाई पक्राउ गरेको हो।

को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।

आलमले उक्त पेस्तोल सोही जिल्लाको नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ ।

धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्याग्जिन, गोली, मोटरसाईकल, रुपैयाँ र मोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *