एकैदिन मापसे गरी सवारी साधन चलाउने १७६ चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारवाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारवाही गरिएको छ। बाँकी २ हजार ७४६ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment