दिपायल बजार बन्द गराउँदै हिडने दुई पक्राउ
डोटी। डोटीमा बन्द गराउँदै हिडने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन्। चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरे अनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन्।
डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment