आफ्नै पार्टीका मुख्यमन्त्रीसँग उपेन्द्र यादवको लफडा

मदन कोइराला
७ भदौ २०७९ १०:१४

काठमाडौं। निर्वाचन हुन तीन महिना पनि बाँकी नरहेको अवस्थामा जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन्।

मधेस प्रदेशमा पाँच वर्षसम्म सरका परिवर्तन नगरी सुशासनको सन्देश दिने बताएका यादवले निर्वाचन हुन तीन महिना मात्रै बाँकी रहेको अवस्थामा मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन्।

मुख्यमन्त्री राउत पदमा बसिरहे पार्टीलाई लाभ भन्दा हानि बढी हुने निष्कर्ष निकाल्दै अध्यक्ष यादवले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन्। मधेस प्रदेश सरकारको नेतृत्व जसपाका नेता लालबाबु राउतले गर्दै आएका छन्।

अध्यक्ष यादवले मधेस प्रदेश सरकारको साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव तथा सहसचिवलगायतका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ। यो साइलक खरिदमा भ्रष्टाचार भएको पाइएपछि यादवले राउतको राजीनामा मागेको यादव निकट स्रोतले जनाएको छ।

तर मुख्यमन्त्री राउत पक्षधर नेताहरुले भने अध्यक्ष यादवले कसैलाई पनि सफल भएको देख्न नचाहने भएका कारण राजीनामा मागेको बताएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा मुख्यमन्त्री राउत निकट एक नेताले डिसी नेपालसँग भने, ‘उपेन्द्रजी कसैलाई पनि स्थापित हुन दिन चाहँदैनन्। लालबाबु राउत मुख्यमन्त्री भएको पाँच वर्ष हुन लागेको छ। यो उहाँको सफलता पनि हो। तर उपेन्द्रजीको कसैलाई पनि बलियो हुन नदिने र कमजोर बनाउने रणनीति अनुरुप मुख्यमन्त्रीको राजीनामा मागिएको हो।’

यादवले राउतलाई मुख्यमन्त्रीबाट हटाएर वर्तमान अर्थमन्त्री शैलेन्द्र साहलाई अगाडि बढाउन चाहेका छन्। साह उपेन्द्र यादवकै निर्वाचन क्षेत्र सप्तरी दुईको (ख) बाट निर्वाचित भएका हुन्। यादवले भावी मुख्यमन्त्रीको रुपमा साहलाई नै अगाडि सार्न लागेका हुन्।

जनमत पार्टीसँग गठबन्धन गर्न यादवले राउतका माग सम्वोधन गर्नु पर्ने हुन्छ। जनमत पार्टीले भ्रष्टाचारको आरोप लगाउँदै मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै आएको छ। उसले मुख्यमन्त्री राउतले राजीनामा नदिएसम्म सहकार्य हुन नसक्ने अडान राखेपछि यादवले राउतको राजीनामा मागेका हुन्।

यादवले राउतको राजीनामा माग्नुको पछाडि मुख्यगरी तीन कारण रहेका छन्। पहिलो अहिले मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच चुनावी तालमेल हुने सम्भावना छ। यो विषयमा दुई नेताबीच औपचारिक र अनौपचारिक रुपमा छलफल चलिरहेको छ।

तर जनमत पार्टीसँग गठबन्धन गर्न यादवले राउतका माग सम्वोधन गर्नु पर्ने हुन्छ। जनमत पार्टीले भ्रष्टाचारको आरोप लगाउँदै मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै आएको छ। उसले मुख्यमन्त्री राउतले राजीनामा नदिएसम्म सहकार्य हुन नसक्ने अडान राखेपछि यादवले राउतको राजीनामा मागेका हुन्।

दोस्रो, चुनावको मिति नजिकिएसँगै चुनावी चहलपहल सुरु भइसकेको छ। मधेसका जिल्लामा चुनावी प्रचारमा जाँदा भ्रष्टाचारका विषयमा प्रश्न उठ्ने र त्यसको जवाफ दिनुपर्ने भएका कारण पनि यादवले राउतलाई हटाउन चाहेका हुन्।

कुनै बेला यादवले मधेसमा यादव र मुस्लिम मिल्ने हो भने आफू अनुकुल सत्ता चलाउन सकिने र बहुमत प्राप्त गर्न सकिने अभिव्यक्ति दिएका थिए। मधेसमा यादव र मुस्लिम समुदायको बाहुल्यता अधिक छ। यही मनसायबाट प्रेरित यादवले राउतलाई मुख्यमन्त्री बनाएका थिए। तर अब यादव र मुस्लिम समुदाय मात्र भन्दा पचपनीया (तेली, सुडी, कलवार, गुप्ता, कलाल) को पक्षमा छु भन्नका लागि पनि यादवले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

यादव र मस्लिम विरुद्ध पचपनीया समुदाय एकजुट हुँदा निर्वाचनमा पराजित हुने  भयका कारण अध्यक्षले यादवले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको एक नेताले बताए।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने अध्यक्षले आफूसँग राजीनामा नमागेको दाबी गरेका छन्। ‘हिजो (सोमबार) दिनभर अध्यक्षजी र म सँगै थियौं। उहाँले राजीनामाका विषयमा मसँग केही भन्नु भएको छैन,’ मुख्यमन्त्री राउतले डिसी नेपालसँग भने, ‘मधेस विश्वविद्यालयको भिसीमा दीपक शाक्यलाई नियुक्ती गर्यो भनेर केही मानिसले अफवाह फैलाएका हुन्। यसको पछि नलाग्न आग्रह गर्छु।’

मधेस विश्व विद्यालयमा पहाडी समुदायका व्यक्तिलाई भिसी बनाइएको भन्दै पार्टीभित्रैका केही मानिसले अनावश्यक हल्ला फैलाएको मुख्यमन्त्री राउतले बताए।
१०४ सदस्यीय मधेस प्रदेशमा जसपाका ३८, लोसपाका १६, कांग्रेस १९, एकीकृत समाजवादीका १३, माओवादीका ८ एमालेका ८ प्रदेशसभा सदस्य छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *