सस्तो दरमा अमेरिकी डलर साटने भन्दै ठगी गर्ने पक्राउ

डिसी नेपाल
७ भदौ २०७९ १९:३६
904
Shares

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन ।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पार्ने गरेको गरेको तथा १ र ५० दरका अमेरिकि डलर देखाई विश्वासमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको थिए ।

पक्राउ परेका उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *