हेटौडाका ४ का वडा अध्यक्षमाथी कार्यकक्ष मै हातपात

डिसी नेपाल
७ भदौ २०७९ १९:३८
256
Shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्।

दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन ।

वडा अध्यक्ष सिग्देलले आफूमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरे पछि प्रहरीले दोङको घरमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार एमालेकै जिल्ला सदस्यसमेत रहेका दोङको खोजी कार्य भईरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *