स्टार फुटबलर जिल स्कटको संन्यास

डिसी नेपाल
८ भदौ २०७९ ८:४०
92
Shares

काठमाडौँ। इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन्।

३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन्।

‘आज म फुटबललाई अलविदा भन्दैछु। तर, म यसलाई उत्सवको रुपमा मनाउने छु। अनुहारमा उदास छैन,’ उनले भनिन्। उनले इङ्ल्यान्डबाट सन् २००७ मा डेब्यु गरेकी थिइन्। स्कटले राष्ट्रिय टिमबाट एक सय पाँच खेल खेल्दा २१ गोल गरेकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *