भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइयाे
काठमाडौं। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई आज विहान फिर्ता गरिएको छ।
अध्यागमन विभागको निर्दशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी फिर्ता गरिएको हो। उनीहरुको कागजात नमिलेपछि अध्यागमन विभाग, अध्यागमन कार्यालय र विमानस्थल प्रहरीले उनीहरूलाई पक्राउ गरि माइती नेपाललाई जिम्मा लगाएको हो।
उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए।
भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा प्रहरीले अध्यागमन विभागलाई जनाकारी गराएपछि उनीहरूको सक्कली कागजात झिकाई अध्ययन गर्दा नमिलेपछि फिर्ता गरिएको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई विहानै माइती नेपाललाई बोलाएर जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment