कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१३ भदौ २०७९ २०:५३
24
Shares

धनगढी । कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्ला अदालतबाट २०७१\१२\१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरीवाना फैसला भई फरार रहेका चोरी मुद्धाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदिश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *