जङ्गली हात्तिको आक्रमणबाट मृत्यु

डिसी नेपाल
१३ भदौ २०७९ २१:३०

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आज साँझ अबेर जङ्गली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जङ्गली हात्तिको आक्रमणबाट शुक्लाफाटा नपा–७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।

हात्तिको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली पुगी सकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *