फरार बलात्कार आरोपी तीन वर्षपछि पक्राउ

डिसी नेपाल
१३ भदौ २०७९ २१:३४
100
Shares

संखुवासभा । संखुवासभा प्रहरीले जवरजस्ती करणीमा संलग्न फरार अभयुक्तलाई तीन वर्षपछि पक्राउ गरेको छ । जवरजस्ती करणी उद्योगका फरार अभियुक्त पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई तीन वर्षपछि पक्राउ गरेको हो ।

अभियुक्त लिम्बुलाई तीन वर्षपछि चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

१५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत बिराटनगर धनकुटाले १८ वर्ष कैद सजायसँगै १५ हजार रुपैयाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिए ।

उच्च अदालत बिराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मंसिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ जरिबाना भराउन आदेश दिएको थियो ।

१५ वर्षीया बालिकालाई आरोपित लिम्बुले २०७६ असोज १ बलात्कार गरेको भन्दै ०७६ असोज ५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा पीडित उजुरी दिएका थिए । पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *