रहेनन् अन्तिम सोभियत नेता गोर्भाचोभ

डिसी नेपाल
१५ भदौ २०७९ ७:३२
340
Shares

मस्को। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ। सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए।

तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो। उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन्। ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनीतिज्ञ थिए’, महासचिव गुटेर्रेसले भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले मिखाइल गोर्भाचोभको मृत्युप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *