पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय

डिसी नेपाल
२१ भदौ २०७९ १९:४८
3.1k
Shares

पोखरा। अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय तोकेको छ ।

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको पेशीमा सुनुवाई गर्दै न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बलात्कारको मुद्दामा सफाइ दिएपनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

आज जाहेरवालाको वकिलले आज बहसै नगरेको र शाहको पक्षमा मात्रै बहस भएको थियो । फैसलामा इजलासले मिडिया र जाहेरवाला अभिभावकलाई पनि सचेत गराएको छ भने पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।

गत ११ फागुनमा नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा उजुरी परेको थियो । त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *