हनुमानढोकामा इन्द्रध्वजोत्थान
इन्द्रजात्राको अवसरमा हनुमान ढोकामा परिसरमा योसिँ (३२ हातको लिङ्गो) ठडयाउदै गर्दा हेर्दै गरेका दर्शक। काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । योसिँ ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ। तस्बिर : रत्न श्रेष्ठ/रासस
काठमाडाैं। हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ७ः१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो। इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ।
दरबार क्षेत्रमा आज इन्द्रध्वजोत्थान गरिएसँगै यही भदौ २४ गते शुक्रबार मुख्यरुपमा यात्रा सुरु गरिन्छ। जात्राको मुख्य दिन तल्लो टोलमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा चलाइन्छ। भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिन्छ।
भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ। त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वनपातनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
यसै दिन इन्द्रध्वजपातन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment