सहकारीले ठगेको रकम फिर्ता गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन

अनिल पोख्रेल
२२ भदौ २०७९ १३:३४
260
Shares

काठमाडौँ। सहकारी विभागमा सहकारी सञ्चालक सुधिर बस्नेतविरुद्ध पीडितहरुले आन्दोलन गरेका छन्। ठगिएको रकम फिर्ता हुनुपर्यो भन्दै सञ्चालक बस्नेतविरुद्ध पीडितहरुले विभागमा आन्दोलन गरेका हुन्।

१० बर्ष अगाडि सञ्चालनमा रहेको ओरेन्टल सहकारीले थुप्रै ग्राहकको रकम ठगी गरेको आरोप छ । सोही ठगीमा परेका पीडितहरुले ठगिएको रकम फिर्ता हुनुपर्यो भन्दै आन्दोलन गरेका हुन्।

ओरेन्टल सहकारी सञ्चालक सुधिर बस्नेतले १० बर्ष अगाडि ८ हजार ग्राहकको करोडौँ रुपैयाँ लिएर फिर्ता नदिएको पीडितहरुले बताएका छन्। एक पीडितले भने,’सञ्चालक सुधिरको मनगढन्ते कुरा र उनकै ग्राण्ड डिजाईनमा अहिलेसम्म न्याय पाएका छैनौं र दु:ख दिइरहेको छ।’

यस अघि पीडितहरुले सिंहदरबारमा बस्नेतलाई पक्राउ गर्न माग गरेको बताए। अर्को पीडितले भने,’जब सम्म हामीले न्याय पाउँदैनौं तबसम्म हामी यो लडाई लडिरहन्छौँ।’ उनीहरुले न्याय नपाएसम्म सिंहदरबारमा लम्पसार पर्ने समेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *