घाँटीमा चक्कु, आँखामा पट्टी, आमालाई पठाइयो छोरीको डरलाग्दो भिडियो, छोरीकै थियो योजना

डिसी नेपाल
२५ भदौ २०७९ १०:५२
1.5k
Shares

काठमाडौं । एक ३० वर्षीया महिलाले आफ्नै अपहरणको नाटक रचेकी छन् । महिलाले नक्कली अपहरण देखाएर आमासँग करिब ६३ लाख रुपैयाँ फिरौती चाहेकी थिइन् । तर, त्यसअघि नै प्रहरीले उनलाई क्यासिनोबाट पक्राउ गरेको थियो । यी महिलाले यसअघि पनि आफ्नी आमालाई धेरै पटक धोका दिएकी थिइन् ।

डेली मेलका अनुसार ती महिलाले स्पेनको टेनेरिफमा अपहरणको नक्कली फुटेज बनाएकी थिइन्। भिडियोमा ती महिला आफ्नी आमासँग बिन्ती गरिरहेकी छिन् । आँखामा पट्टी बाँधेको उनको घाँटीमा नक्कली रगत र चक्कु भएको देखिन्छ।

भिडियोमा महिलाले लगातार बिन्ती गरिरहेकी छिन् । फुटेजमा एक पुरुषले कालो कपडा लगाएको पनि देखिन्छ । पुरुषले महिलाको घाँटीमा चक्कु राखेका छन् । व्यक्तिले आफ्नो हातमा पन्जा लगाएको छ।

भिडियोमा महिलाले भनिरहेकी छिन्– ‘मम्मी यी मानिसहरूले मलाई अपहरण गरेका छन् । किन हो थाहा छैन? पुलिसलाई केही नभन्नू । यदि यस्तो गर्नुभयो भने यी मानिसहरूले मलाई मार्नेछन्।’

नक्कली अपहरण भिडियोमा महिलाले आफूलाई खाना नदिइएको र अपहरणकारीले कुटपिट गरिरहेको पनि देख्न सकिन्छ । सिभिल गार्डले आफ्नो बयानमा भनेको छ कि आमाले यो भिडियो पाउने बित्तिकै छोरीको ज्यान बचाउन बैंकबाट ५० हजार पाउण्ड (७३ लाख रुपैयाँ) झिकिन् ।

सिभिल गार्डका अनुसार उनीहरुले ३० वर्षीया महिलाको साथीको घरमा खोजी गरेका थिए । जहाँ उनीहरूले यो नक्कली अपहरणसँग सम्बन्धित वस्तुहरू फेला पारे। सिभिल गार्डले घटनास्थलबाट एउटा चक्कु, नक्कली रगत र रुमाल फेला पारेको थियो ।

यस घटनामा सिभिल गार्डले अपहरणमा संलग्न महिलाका प्रेमीका परिवारका सदस्यलाई पनि पक्राउ गरेको छ । तर, पछि प्रहरीले ती महिलालाई क्यासिनोबाट निकालेको थियो । उनी एकदम ठीक थिइन्। यस्तो अवस्थामा सबै अभियुक्तलाई ५ वर्ष जेल बस्नु पर्नेछ ।

महिलाले यस्तो काम पहिलो पटक नगरेको, यसअघि पनि धेरै पटक वृद्ध आमासँग जबर्जस्ती रकम असुलेको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा उनले आफ्नी आमालाई यसरी तीन पटक धोका दिएको खुलासा भएको छ । यी सबै अवसरहरूमा उनले आमालाई आफ्नो ज्यान खतरामा रहेको बताएकी थिइन् । सिभिल गार्डले पछिल्लो पटक आमालाई मनगढन्ते कथा सुनाएर ५७ लाख रुपैयाँ ठगी गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *