अमेरिकाले पाकिस्तानको पक्षमा ठूलो घोषणा गरेपछि भारतमा खैलाबैला !
काठमाडौं । सुरक्षा बलियो बनाउन अमेरिकाले पाकिस्तानलाई दिएको आर्थिक सहयोगलाई भारतका लागि ठूलो झट्का मानिएको छ । वास्तवमा, पाकिस्तानलाई एफ-१६ लडाकु विमानहरूको मर्मतसम्भारका लागि अमेरिकाको बाइडेन सरकारले ४५० मिलियन डलरको सहायता स्वीकृत गरेको छ। सन् २०१८ यता अमेरिकाले पाकिस्तानलाई दिएको यो ठूलो आर्थिक सहायता हो।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले अमेरिकालाई सहयोग नगरेको भन्दै पाकिस्तानलाई सुरक्षा सहयोगमा प्रतिबन्ध लगाएका थिए । तर अब बाइडेन प्रशासनले पाकिस्तानको लागि आफ्नो खजाना खोलेको छ, त्यो पनि पाकिस्तानले चीनसँगको सम्बन्धलाई अगाडि बढाएको बेला।
यद्यपी अमेरिकाले पाकिस्तानलाई दिइने सुरक्षा सहयोगका सम्बन्धमा यस क्षेत्रको सैन्य सन्तुलनमा असर नपर्ने बताएको छ । यो आर्थिक सहायताले पाकिस्तानले रक्षा क्षेत्रमा आफ्नो वर्तमान आवश्यकता पूरा गर्ने क्षमता कायम राख्ने अमेरिकाको भनाइ छ ।
सहायतालाई लिएर भारतको आलोचनामा अमेरिकाले पाकिस्तान र भारतसँग फरक सम्बन्ध रहेको बताएको छ । एउटासँग सम्बन्ध छ भने अर्कोसँग हुँदैन भन्ने कुरा होइन । अमेरिकाले दुवै देशसँग सम्बन्ध स्थापित गरेको छ ।
इण्डिया टुडेसँग कुरा गर्दै अमेरिकी अधिकारी डोनाल्ड लुले भने कि हामीले पाकिस्तानलाई दिएको सुरक्षा सहयोगको बारेमा भारतबाट धेरै चिन्ता सुनिरहेका छौं। उनले थप भने कि पाकिस्तानलाई यो सहयोगमा कुनै नयाँ विमान वा कुनै नयाँ हतियार समावेश छैन।
डोनाल्ड लुले पाकिस्तानलाई सुरक्षा उपकरण मर्मतका लागि मात्रै सहयोग दिइएको बताए । उनले यो अमेरिकी सरकारको सधैंको नीति रहेको बताए । जब हामी कुनै पनि देशलाई सुरक्षा उपकरण दिन्छौं, हामी तिनीहरूलाई मर्मत गर्न पनि समर्थन गर्दछौं।
अमेरिकाको तर्फबाट पाकिस्तानलाई दिइएको यो सहायतामा कुनै नयाँ हतियार वा युद्ध सामग्री समावेश नगरिएको बताइएको छ । अमेरिकाको तर्फबाट पाकिस्तानलाई दिइने सुरक्षा सहयोगबाट पाकिस्तानले आतंकवादविरुद्धको लडाइमा अमेरिकालाई सहयोग गर्ने बताइएको छ । यसले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षालाई बलियो बनाउनेछ।
भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले अमेरिकाको यो निर्णयमा प्रश्न उठाएका छन् । उनले ट्वीटमा लेखेका छन्, अमेरिकाले पाकिस्तानको एफ–१६ लडाकू जेट फ्लीटलाई बलियो बनाउनु भारत–अमेरिका सम्बन्धमा ठूलो धक्का हो । यसले अमेरिकाको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ ।
ट्विटमा कंवल सिब्बलले थप भनेका छन्, ‘यदि अमेरिका भारत र पाकिस्तान मध्ये एक रोज्न चाहँदैन भने भारतले युक्रेनमा किन कुनै एकको पक्ष लिने र रुससँगको सम्बन्ध कमजोर बनाउने ? यस निर्णयका लागि अमेरिकाले जुन तर्क दिएको थियो, त्यही तर्क शीतयुद्धका बेला पनि दिइएको थियो ।’
कंवल सिब्बलले पाकिस्तान पहिलेदेखि नै चीनको अधिनमा चल्ने राज्य भएको बताए । पाकिस्तान चीनको सबैभन्दा ठूलो हतियार खरिदकर्ता हो र त्यहाँबाट ४७ प्रतिशत हतियार खरिद गर्छ। कंवल सिब्बलले बालाकोट स्ट्राइकका बेला पनि पाकिस्तानले भारतविरुद्ध एफ-१६ प्रयोग गरेको बताए ।
जबकि पूर्व भारतीय कूटनीतिज्ञ पिनाक चक्रवर्तीले ट्वीट गर्दै लेखेका छन्, अमेरिकाले पाकिस्तानलाई हतियार बेच्छ र भारतलाई दबाब दिन पाकिस्तानलाई सैन्य सहायता दिन्छ। चीनको पनि यही रणनीतिक उद्देश्य छ । उनले अर्को ट्विटमा लेखेका छन्, भारतले रुसको तुलनामा अमेरिकालाई समर्थन नगरेकोले अमेरिकाले त्यसको मूल्य चुकाइरहेको छ ।
पाकिस्तानलाई अमेरिकी सुरक्षा सहायता पुनर्स्थापनामा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल जीडी बख्शीले एक च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘एकतिर अमेरिकाले चीनसँग लड्न क्वाडको महत्वपूर्ण सहयोगी भएको दाबी गर्छ, अर्कोतिर पाकिस्तानलाई एफ-१६ बेडाका लागि सहयोग दिँदै आएको छ ।
यसैबीच अन्तर्राष्ट्रिय मामिला विश्लेषक सूर्य कानेगाउँकरले पनि अमेरिकाको यो निर्णयलाई लिएर धेरै ट्वीट गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘भारत–अमेरिका साझेदारी कहिल्यै पूर्णरुपमा सुदृढ हुने छैन किनभने अमेरिकाको नीतिले सधैं हस्तक्षेप गर्दै आएको छ । अमेरिका कुनै पनि देशको साँचो मित्र हुन सक्दैन जबसम्म त्यो देशको हरेक मामिलामा आफ्नो वर्चस्व हुँदैन। तर, भारतले फेरि उपनिवेश बन्ने कुनै चाहना राखेको छैन ।
अमेरिकाले पाकिस्तानलाई भारतसँग अलग र पाकिस्तानसँग छुट्टै सम्बन्ध रहेको भन्दै सहयोग गरिरहेको छ । तर भर्खरै युक्रेन र रुसको युद्धको बीचमा भारतले रुससँग तेल किन्ने सम्झौता गर्दा अमेरिकाले सबैभन्दा बढी आलोचना गरेको थियो ।
अमेरिकालाई रुसको भारतसँगको मित्रता पटक्कै मन परेन । अमेरिकाले यस विषयमा आपत्ति जनाउँदै भारतलाई दबाब दिने प्रयास गरेको थियो । तर, भारतले आफ्नो निर्णय आफैं लिन सक्ने र देशका जनताको हितमा के गर्ने भन्ने थाहा रहेको स्पष्ट पारेको थियो । त्यसबेलादेखि अमेरिका र भारत यस मुद्दामा आमनेसामने थिए तर एकअर्काको बारेमा बोलेका थिएनन्।







डिसी नेपाल







Facebook Comment