राजा बनेपछि पहिलो सम्बोधनमा चार्ल्स तृतीयले के-के भने ?

डिसी नेपाल
२५ भदौ २०७९ १३:००
312
Shares

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका छोरा राजकुमार चार्ल्स नयाँ राजा बनेका छन् । उनी अब राजा चार्ल्स तृतीयको रूपमा चिनिन्छन्। राजाको रूपमा, उनी सेप्टेम्बर ९ मा पहिलो पटक बकिंघम दरबार पुगेका थिए। शुक्रबार साँझ राष्ट्रका नाममा गरेको पहिलो सम्बोधनमा उनले रानीजस्तै पूर्ण भक्ति र मायाका साथ जनताको सेवा गर्ने बताए ।

राजा चार्ल्स तृतीय आफ्नी आमालाई अन्तिम सन्देश दिंदा धेरै भावुक देखिन्थे। उनले भने- मेरी प्यारी आमा मेरो र परिवारका लागि प्रेरणा थिइन् । १९४७ मा मेरी आमाले आफ्नो २१ औं जन्मदिनमा कसम लिनुभयो। उहाँ जीवनभर जनताको सेवा गर्न चाहनुहुन्थ्यो । यो एक वाचा भन्दा बढि थियो, जनतालाई गरिएको प्रतिबद्धता, जुन उहाँले आफ्नो बाँकी जीवनको लागि राख्नुभयो।

राजा चार्ल्सले आफ्ना दुई छोराको सन्दर्भमा भने – अब मेरो छोरा विलियम मेरो उत्तराधिकारी हुनेछ । विलियम र उनकी श्रीमती केट वेल्सको राजकुमार र राजकुमारी हुनेछन्। आफ्नो सम्बोधनमा उनले दोस्रो छोरा ह्यारी र पत्नी मेगनलाई माया पठाए। तिनीहरू पक्कै पनि शाही परिवारबाट टाढा छन्, तर जहाँ भए पनि खुसी रहुन् ।

राजा चार्ल्स तृतीयको छोरा प्रिन्स विलियम अब वेल्सको राजकुमार भनिनेछन् । महारानी एलिजाबेथ द्वितीयले सन् १९६९ मा आफ्ना छोरा चार्ल्सलाई प्रिन्स अफ वेल्सको ताज पहिराइन् । उनले आफ्नो बुबाको उपाधि ड्यूक अफ कर्नवाल पाएका थिए। विलियम र केटलाई अब ड्यूक र डचेस अफ कर्नवाल र क्याम्ब्रिजको उपाधि दिइएको छ। यति मात्र होइन, चार्ल्सकी श्रीमती क्यामिला पनि नयाँ उपाधिले चिनिनेछिन् । उनलाई रानी कन्सोर्ट भनिनेछ।

प्रिन्स ह्यारी र मेगन मार्कलका छोरा आर्ची माउन्टबेटन-विन्डसर रानी एलिजाबेथको मृत्यु पछि प्राविधिक रूपमा एक राजकुमार छन्। ह्यारी-मेगनकी छोरी लिलिबेट ‘लिली’ माउन्टबेटन-विन्डसर पनि उनका हजुरबुवा चार्ल्सले सिंहासनमा आरोहण गरेपछि राजकुमारी बन्ने हकदार छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *