पपुवा न्यु गिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
२६ भदौ २०७९ ८:१९
516
Shares

पपुवा न्यु गिनी। पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ।

भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ। भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *