युक्रेन युद्धः पछि हट्दै रुसी सेना

डिसी नेपाल
२६ भदौ २०७९ १३:१२
296
Shares

मस्को। युक्रेनले प्रतिआक्रमण तीब्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन्। युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ। दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ।

रसियाले अप्रिलमा किभ वरपरका क्षेत्रबाट पछि हटेपछि युक्रेनी सेनाले गरेको सबैभन्दा महत्वपूर्ण प्रगाति हो। यसैबीच, आफ्नो नियमित रात्रीकालीन सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले २ हजार वर्गकिलोमिटर क्षेत्रफल मुक्त गरेको दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *