चीनबाट सामान ल्याउन पटक–पटक चिनियाँ अधिकारीसंग छलफल {भिडियो}

डिसी नेपाल
२६ भदौ २०७९ १६:२६

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनियाँ अधिकारीसंग छलफल गरिरहेको बताएका छन् । आइतबार कांग्रेस नेता मोहनबहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनियाँ अधिकारीसंग छलफल गरेको बताएका हुन् ।

उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे । तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए । उनले आपूर्ति सहज गर्नका लागि आफु प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे ।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करोडौं लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गरे ।

सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *