पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

डिसी नेपाल
३० भदौ २०७९ १४:१८
72
Shares

इस्लामाबाद। पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन्। बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन्।

देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन्। धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन्। डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन्।

दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन्। तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ। प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ। मलेरियापछि अहिले हामी डेंगुका विरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डा. अब्दुल घाफुर सोरोले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *