दुर्घटनामा परेका जेलेन्स्कीकाे अवस्था कस्ताे छ ?

डिसी नेपाल
३० भदौ २०७९ १४:२४
228
Shares

किभ। युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ। जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभल भने ।

‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’ प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ।

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको बताइएको छ। दुर्घटनाबारे अनुसन्धान अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ।

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ। हमलापछि उक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ।

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए। बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी झरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *