श्रीलंकाबाट नेपाली फुटबल टोली स्वदेश फिर्ता {भिडियोसहित}

डिसी नेपाल
३० भदौ २०७९ १५:१९

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई एन्फाका पदाधिकारीहरुले बिमानस्थलमा स्वागत गरेका थिए । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

स्वदेश फर्किएपछि यू–१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताउनुभयो । यू–१७ फुटवलको यो सफलता सुरुवात भएको भन्दै आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउने उहाले बताउनुभयो । उहाले प्रतियोगीताबाट धेरै कुरा सिक्ने मौका पाएको बताए ।

भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

हेर्नुहोस् भिडियो: 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *