मध्य र पश्चिम नेपाल केन्द्रित वर्षाको सम्भावना, यी क्षेत्रम धेरै पानी पर्ने

डिसी नेपाल
३१ भदौ २०७९ ६:३८
76
Shares

काठमाडौं। आज मध्य र पश्चिम नेपाल क्षेत्रका धेरै स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना पनि छ।

राति लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार लुम्बिनी र सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *