युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

डिसी नेपाल
३१ भदौ २०७९ ७:१७
1.4k
Shares

किभ। युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन्। उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो।

केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए। प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए।

ती शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *