चोलेन्द्रले बयानमा हस्ताक्षर गर्न नमानेपछि…

काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शम्शेरजबराले आफूले दिएको बयानमा हस्ताक्षर गर्न नमानेपछि बैठक ४५ मिनेटका लागि स्थगित भएको छ ।
सुरुमा जबराले नपढेरै हस्ताक्षर गर्ने भने पनि अन्तिममा नमानेपछि पढेर सुनाउने तयारी भइरहेको समिति एक सदस्य मीन विश्वकर्माले जानकारी दिए । त्यसअघि जबरालाई १ सय ७४ पेजको बयान पढेर सुनाइनेछ । यसअघि लिइएको बयानमा अब जबरालाई हस्ताक्षर गराउने तयारी समितिको छ ।
प्रतिक्रिया
Facebook Comment