२१ वर्षे मनोजले गरे आमाको हत्या
काठमाडौं । धनुषामा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोममा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment