कांग्रेस संसदीय बोर्डको बैठक बस्दै, उम्मेदवारको सूची फाइनल गर्दै

डिसी नेपाल
३१ भदौ २०७९ १३:४४

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय बोर्ड बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउदै छ ।

दिउँसो १ बजेपछि बोर्डको बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकका लागि निर्वाचन क्षेत्रबाट आएका नामको बारेमा छलफल हुने एक नेताले जानकारी दिए । पार्टी सभापति अध्यक्ष रहेको कांग्रेसको संसदीय बोर्डमा २२ जना छन् । संसदीय बोर्डले उम्मेदवारको टिकटको निर्णय गर्ने कांग्रेस विधानमा व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि झण्डै ७ हजारको लिष्ट आएको कांग्रेसका एक सहमहामन्त्रीले जानकारी दिए । आएका नामलाई ‘सर्ट लिष्ट’ गर्ने जिम्मा सहमहामन्त्रीहरूलाई दिइएको थियो । सूचीबाट प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *