समानुपातिक बन्दसूची टुंग्याउने तयारी गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक बन्दसूची टुंग्याउने तयारी गरेको छ । जसका लागि एमालेले केन्द्रीय सचिवालय बैठक समेत डाकेको छ ।
बैठक भोली शनिबार एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए । । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उमेदवारको बन्दसूची असोज २ र ३ गते बुझाउनु पर्ने यसअघि नै निर्वाचन आयोगले समय सीमा तोकिएको छ ।
प्रतिक्रिया
Facebook Comment